![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEggS2HoyBxhTZuMOQVTdJoaUHxgUaW_leLfIpTcn7YbeNHMXmUz9p54bqO9YNAj7iVJEGwuoFq-C98GKQ9V7QVJo9kYw-l79b-BqeG77oeioLk86GcUycMoIKyQqIzaxlZV9vyVXjfZ3H6y/s320/59445_1_230c.jpeg.pagespeed.ce.TztXbv8eGt.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiFImHnt5gVV1kKcCoSzljtyx5-cIQUbwUKzkN_H-wBhwBQmTkeJci68wcsCJIntgedAlFtrdZ6M1NQ2e9Uzg62nrrMBz7RePy6t_ElYVSdroqbmhzFnoJTAf51RlmZmL-iUMjy2dDgZ8Qy/s320/goldstriker-iphone-3gs-supreme-diamond-apple-logo1.jpg)
मध्यमवर्गीय उपभोक्ताका लागि सस्तो मूल्यका मोबाइल फोन पहिलो रोजाइमा पर्ने गरेका छन्। सस्तो, राम्रो र बलियो भन्ने मन्त्रलाई सामान्यतः सबैले ख्याल गर्छन्, तर विश्वमा यस्ता धनाढ्यहरू पनि छन्, जसलाई पैसाको कुनै परवाह हुँदैन। आफ्नो चाहनाको वस्तु तथा सेवा लिन उनीहरू जुनसुकै मूल्य चुकाउनसमेत पछि पर्दैनन्। त्यस्तै सौखिन उपभोक्ताहरूका लागि विश्वका मोबाइल उत्पादक कम्पनीहरूले पनि एकसे एक महँगा तथा कलात्मक मोबाइलहरू उत्पादन गरिदिएका छन्। त्यसबाहेक केही यस्ता अमूल्य फोन केबल प्रदर्शनी वा कम्पनीको शानका लागि मात्र उत्पादन गरिन्छ। अमेरिकाको एप्पल कम्पनीले उत्पादन गरेको गोल्डस्ट्राइकर आइफोन थ्री जिएस यस्तो मोबाइल हो जसको मूल्य ३२ लाख डलर पर्छ।
यसमा २२ क्यारेटको २ सय ७१ ग्राम सुनका साथै २ सयवटा हीरा जडिएका छन्। त्यस्तै डायमण्ड क्रिप्टो स्मार्टफोन पनि दुनियाँको महँगो मोबाइल फोनमध्येको एक हो। रुसमा बनेको यो मोबाइलको मूल्य ८ लाख २७ हजार पाउण्ड छ। यो मोबाइलको बाहिरी खोलमा ५० वटा हीरा छन्, जसमध्ये १० वटा बहुमूल्य नीलो हीरा हुन्। त्यस्तै अर्को बहुमुल्य मोबाइल फोन हो- ग्रेस्सो लक्सर। यसको मूल्य ६ लाख ३६ हजार २ सय पाउण्ड छ। १ सय ८० ग्राम सुनको फ्रेमले सजिएको यो मोबाइलमा हीराका साथै बहुमुल्य पत्थरहरूसमेत जडान गरिएको छ। भर्चुअल सिग्नेचर कोब्रा अर्को बहुमूल्य मोबाइल फोन हो। यसको मूल्य १ लाख ६७ हजार पाउण्डभन्दा बढी छ। यसमा रुबी तथा हीरा जडान गरिएको छ, तर अचम्म यो मोबाइलमा न त क्यामेरा छ, न त यो टचस्क्रिन नै हो।
No comments:
Post a Comment