इन्टरनेट प्रयोगकर्ता ६० प्रतिशत बढे
एक वर्षको अवधिमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या ६० प्रतिशतभन्दा धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तमा ३१ लाख ११ हजार इन्टरनेट प्रयोगकर्ता थिए । गत वर्षको अन्तमा यो संख्या बढेर ५० लाख ४३ हजार पुगेको छ । एक वर्षको अवधिमा मोबाइलमा जीपीआरएस चलाउनेको संख्यामा उच्च वृद्धि भएकाले समग्र इन्टरनेट प्रयोगकर्ता बढेका हुन् । पुरानो प्रविधि डायलअपका ग्राहक भने घटेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार एक वर्षमा प्रतिएक सय जनतामा थप ८ जनाले इन्टरनेट चलाउन थालेका छन् । अघिल्लो आर्थिक वर्षको अन्तमा इन्टरनेट घनत्व १० दशमलव ८९ प्रतिशत
थियो । अहिले यो बढेर १८ दशमलव ९४ प्रतिशत पुगेको छ । जीपीआएर चलाउने
संख्या एक वर्षमा झन्डै दोब्बर भएको छ । गत आर्थिक वर्षसम्म २८ लाख ३०
हजारले जीपीआरएस चलाउँथे । अहिले यो बढेर ४६ लाख ८३ हजार पुगेको छ ।
No comments:
Post a Comment