कम्प्यूटर नेटवर्क सुचना र प्रविधिमा...


कम्प्यूटर नेटवर्क सुचना र प्रविधिमा...

सूचना प्रविधि क्षेत्रमा हाल 'क्लाउड कम्प्युटिङ' लाई जोडतोडका साथ प्राथमिकता दिइँदै छ । वेब ब्राउजिङमा पनि यो प्रविधि लागू भइसकेको छ ।
सूचना प्रविधिको कुरा गर्दा इन्टरनेट र यसका सेवाहरू सधैं अग्रपंक्तिमा हुने गर्छ । सोसल नेटवर्क र इन्टरनेटमा आधारित सेवाहरूको अधिकतम निर्माण र प्रयोगले इन्टरनेट सामान्य जीवनशैलीको प्रमुख हिस्सा बन्दै गएको छ । तर अझै पनि इमेल र वेब ब्राउजिङ, इन्टरनेटको सर्वाधिक अपनाइएको सेवा हो ।

चाहिएको वेब ब्राउज गर्न सकिएको इन्टरनेट छ नत्र इन्टरनेट छैन भन्ने मानसिकताले जरो गाडेको छ । मोबाइल डिभाइसहरूको आगमन अनि इन्टरनेट आवश्यक पर्ने यसका एप्लिकेसनहरूले इमेल र वेब ब्राउजिङमा सीमित इन्टरनेटको अवधारणालाई बदल्दै छ । धेरैभन्दा धेरै एप्लिकेसनहरू इन्टरनेटमा आधारित बन्न थालेका छन् ।
यी एप्लिकेसनहरूले इन्टरनेटको प्रयोगमा विविधता थपेको छ । ई-बेकिङ, ई-कमर्श, ई-टिकेटिङ आदि केही परिचित इन्टरनेटको संलग्नतामा दैनिक रूपमा प्रयोग गरिने सेवाहरू हुन् । इन्टरनेटले जनजीवनलाई अझै व्यस्त बनाएको छ । अब इन्टरनेटका लागि कम्प्युटरमै निर्भर हुनु पर्दैन । अहिलेका धेरै उपकरण इन्टरनेटमा जोडिएका छन् ।

No comments:

Post a Comment