सामसुङ ग्यालेक्सी नोट २
सामसुङ मोवाइलको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले नेपाली बजारमा आइतबारदेखि सामसुङ ग्यालेक्सी नोट २ सार्वजनिक गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले ल्याएको यो सेट अन्य ग्यालेक्सी सेटभन्दा केही ठूलो छ । यस्तै एस पेन भनेर ल्याइएको सुविधाबाट नोट लेख्न र स्क्रिन कोर्न सजिलो हुने कम्पनीले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjX4MiL8cEBN6yIldOqCho7UACpBleBRfXM6mtEM_5PO_8RhkBTQFXQQ0MgXsyIJ0ru049j_Mh65jTIKTLJgkMJl1t-8eU3sq9h4qYne_7nMB-FHJt98vVnBbd2do_oRieP_EitBKyvTiwm/s1600/image.php.jpg)
नयाँ मोबाइल सार्वजनिक गर्दै आईएमएसका अध्यक्ष दीपक मल्होत्राले नयाँ नोटमा धेरै आधुनिक सुविधा भएको बताए । उनले नयाँ नोट पर्खिर बसेकाले सोचे अनुसारको सुविधा यसमा पाउने उनले बताए । यसमा गुगलको एन्ड्रोइड जेलि विन अपरेटिङ सिस्टम छ । यसअघिका ग्यालेक्सी नोटमा रहेको ड्युलट कोर प्रोसेसरभन्दा यसको प्रोसेसर छिटो रहेको कम्पनीले जनाएको छ । नोट २ मा ५ दशमलव ५ इन्चको टच स्त्रिmन छ । यो १५ दशमलव १ सेन्टिमिटर लामो, ८ सेन्टिमिटर चौडा र ९ दशमलव ४ मिलिमिटर बाक्लो छ । यसको स्त्रिmनमा ग्राहकले एकैपटक धेरै प्रोगाम सञ्चालन गर्न सक्छन् ।
आइतबार कम्पनीले सामसुङ ग्यालेक्सी एस डुअस पनि सार्वजनिक गरेको छ । ४ इन्चको टच स्त्रिmन भएको यो सेटमा पनि एन्ड्रोइड आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम रहेको छ ।

No comments:
Post a Comment