कम्प्याक्ट डिस्क अर्थात सिडी कत्तिको सुन्नुहुन्छ ? सायद निकै कम । वा पहिलेको तुलनामा प्रयोग घटेको हुनुपर्छ ।
नहोस् पनि किन पेनड्राइभ, मोबाइल, विभिन्न डाटा कार्ड र नयाँनयाँ ग्याजेट बोक्न थालेको अहिलेको पुस्ताले विस्तारै सिडीको प्रयोग गर्न छोडेको छ ।
नयाँ नयाँ प्रविधिको विकासले घरमा बसीबसी चाहेको गीत भिडियो सजिलै कम्प्युटरमा राख्न सकिने भएको छ, फलस्वरुप सिडीको व्यापारमा धक्का लागेको छ ।
सन् १९८२ को अक्टोवर १ को दिन गायक बिल्ली जोलको 52nd St

reet नामक एल्बम सिडी सार्वजनिक भयो । यो नै पहिलोपटक व्यवसायिक रुपमा गरिएको सिडीको प्रयोग थियो ।
त्यसपछिको ३० वर्षमा अर्बौँ सिडी बिक्री भैसके र पहिलो पटक सिडीमा एल्बम निकाल्ने जोलले पनि पप गीत गाउन छोडी सके ।
सिडी सार्वजनिक भएको दिन युनाइटेड प्रेस इन्टरनेसनलले यसलाई ‘लेसर बिम प्रयोग गरिएको नयाँ डिजिटल रेकर्ड प्लेयर’को उपमा दिएको थियो ।
सिडी फिलिप्सको लेसर डिक्स टेक्नोलोजी पछि आएको नयाँ प्रविधि थियो ।
लेसर डिक्स टेक्नोलोजी र सोनीको मेहेनत बिना सिडीको विकास सायद सम्भव थिएन ।
त्यो त सिडी यस अगाडी नै आइसकेको थियो । तर धेरै परीक्षणका रुपमा मात्र । व्यवसायिक रुपमा सार्वजनिक गरिएको थिएन ।
व्यवसायिक रुपमा थालनी भएको भएपनि मान्छेले सिडीलाई सजिलै आफ्नो जीवनमा प्रवेश दिएनन् । १९८० को दशकको अन्त्य सम्म पनि मान्छेहरुले क्यासेट नै प्रयोगमा ल्याइरहे । पहिलो पटक १० लाख बिक्री भएको सिडी सन् १९८५मा डाएर स्ट्रेटको Brothers in Arms थियो ।
नयाँ प्रविधी द्रुत गतिमा मानिसहरु माझ नफैलनुको मुख्य कारण महङ्गी हो । सिडीमा पनि त्यो समस्या देखियो । सोनीको सिडीपी १०१ प्लेयर सन् १९८२ मा पहिलो पटक जापानको बजारमा आउँदा नै ७ सय ३० अमेरिकी डलर पर्थ्यो ।
अहिलेको समयसँग त्यो मुल्य तुलना गर्ने हो भने झण्डै १ हजार ७ सय ५० डलर पर्छ । अडियो सिडी नै १५ डलर पर्थ्यो जुन अहिलेको मुल्यसँग तुलना गर्ने हो भने ३५ डलर हुन्छ ।
सिडी बजारमा आइसकेपछि यसको आवाजको गुणस्तरका बारेमा धेरै प्रशंसा भयो । तर पनि पुरानै प्रविधीका आवाज राम्रा की सिडीको आवाज राम्रो भन्ने कुरामा चाही पछिसम्म ठुलै बहस भै रह्यो ।
सिडीले प्रविधी मात्र परिवर्तन गरेन, आफु पनि परिवर्तन भयो । गीत बाहेक यसमा भिडियो र अरु सामग्री पनि राख्न सकिने भयो ।
Capturing Sound: How Technology Has Changed Music नामक किताबका लेखक मार्क काट्ज स्वरुपको परिवर्तनका कारण मान्छेले कसरी संगीत सुन्ने र अदानप्रदान गर्ने कुरालाई मात्र प्रभाव नपार्ने बरु मान्छेको सिर्जनशिलतामा पनि ठुलो असर पार्ने बताउँछन् ।
पहिलो सिडीले ७४ मिनेटसम्मका गीत थाम्न सक्थ्यो । क्यासेटको तुलनामा निकै सजिलो पनि । बोकेर जहाँ पनि लैजान सकिन्थ्यो । सुन्न झन् सजिलो । क्यासेटजस्तो फर्कारहनु नपर्ने र आफुले सुन्न चाहेको गीत खोज्न पनि सजिलो ।
धेरैलाई अचम्म लाग्न सक्छ, ३ दशक पछि सिडीको बजार अझै घटेको छैन । मार्केटको सेयरमा केही घटी भए पनि अमेरिकामा एल्बमका रुपमा धेरै सिडी नै बिक्रि हुन्छन् ।
नाइलसेन कम्पनी र बिलबोर्डका अनुसार यो वर्षको आधामा बिक्रि भएका एल्बममा ६१ प्रतिशत हिस्सा सिडीको छ ।
सिडीका चुनौति
त्यसो त सिडीको बजार विस्तारै अरु नयाँ प्रविधीहरुले पनि लिन थालेका छन् । पेनड्राइभ, मोबाइल र विभिन्न ग्याजेटको विकास र लोकप्रियतासँगै विभिन्न कम्पनीले डाउनलोडको सुविधा दिन थाले पछि सिडीको व्यापारमा धक्का लाग्न थालेको हो ।
यस्ता नयाँ प्रविधीले पनि धेरै परिवर्तन ल्याएका छन् । सिर्जजशीलता र संगीत सुन्ने तरिकामा परिवर्तन भएको छ । सुन्नेहरुले पनि धेरै विकल्प पाएका छन् । जसरी मन लाग्यो त्यसरी नै सुन्न सकिन्छ । उतिबेला कुनै एल्बमको सबै गीत सुन्नु पर्छ भन्ने पनि छैन । छानेर सुन्न सकिन्छ ।
अब त झन् कम्प्युटर र इन्टरनेट छ भने केही क्लिको भरमा आफुले चाहेको गीत सुन्न र आफ्नो बनाउन सकिन्छ । गीतको पुस्तकालय नै तपाईसँग हुन्छ ।
हराउला त सिडी ?
के सिडी पुरै रुपमा हराउला त ? यसको उत्तर सहज छैन । मान्छेलाई भौतिक वस्तुसँग ठुलो लगाव छ । यतिका सुविधा हुँदाहुँदै पनि त्यसैले त क्यासेट अझै पनि बिक्री हुन्छन् । अझ रमाइलो के छ भने त्यसलाई किन्नेहरु पनि धेरै युवापुस्ता नै छन् ।
सिडीको स्वरुप हेर्ने हो भने यसले क्यासेटको याद दिलाउँदैन । तैपनि अहिलेको युगमा जन्मेका व्यक्ति ति कुरामा आकर्षित भै रहेका छन् । संगीतका धेरै प्रशंसक अझै पनि निरभाना, पब्लिक इनिमी, बिल्ली जोलहरुलाई सिडी मै सुन्छन् ।

्र
No comments:
Post a Comment