ग्यालेक्सी सिरिजको स्मार्ट फोनका कारण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स मुनाफाको कीर्तिमानतर्फ अघि बढेको छ । सामसुङका अनुसार पछिल्लो तीन महिनामा उसलाई ७.३ अर्ब डलर नाफा हुने अपेक्षा गरिएको छ । यो अघिल्लो वर्षको उक्त अवधिको कमाईको करिब दोब्बर हो । जुन बजार विशेषज्ञको अनुमान भन्दा धेरै हो । यसकै कारण सामसुङको शेयर मूल्य करिब १.५ प्रतिशतले बढेको छ ।
यद्यपि अमेरिकी कम्पनी एप्पलसँगको कानुनी लडाईले यसलाई कुनै पनि बेला असर गर्न सक्नेछ । प्याटेन्ट अर्थात बौद्धिक सम्पति चोरीको आरोपमा एप्पल र सामसुङबीच विभिन्न देशमा कानुनी लडाई चलिरहेको छ । सामसुङले कम्प्युटर स्क्रीन, टेलिभिजनसहित विभिन्न इलेक्ट्रोनिक समान बनाउँछ, तर, सबैभन्दा धेरै नाफा भने स्मार्ट फोनमा भएको छ । सामसुङको ग्यालेक्सी थ्रीले राम्रो बजार लिएको छ ।
No comments:
Post a Comment